सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधान सेनापति औपचारिक भ्रमणको भारत प्रस्थान

468
shares

 

काठमाडौँ । प्रधान सेनापति महारथी प्रभुराम शर्मा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा मिति २०७८ कार्तिक २३देखी  कार्तिक २६ गते सम्म औपचारिक भ्रमणको लागि श्रीमति सुनिता शर्मा सहित ९ सदस्यीय भ्रमण दलकासाथ आज मित्रराष्ट्र भारतको दिल्लीतर्फ प्रस्थान गर्नु भएको छ । नेपाली सेनाको मध्य एयर बेश, गौचरमा उहाँलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गर्नु भएको थियो ।भारत प्रस्थान गर्नुपूर्व प्रधान सेनापति महारथी शर्मालाई मिति २०७८ कार्तिक २२ गते जंगी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो ।

उक्त औपचारिक विदाई कार्यक्रममा नेपालका लागि भारतीय राजदुत महामहिम विनय मोहन क्वात्रा र अन्य मित्र राष्ट्रका सैनिक सहचारीहरुको पनि उपस्थिति थियो । प्रधान सेनापतिको नियुक्ति पश्चातको पहिलो विदेश भ्रमणको रुपमा हुन लागेको यस भ्रमणको दौरान प्रधान सेनापति महारथी शर्मालाई मिति २०७८ कार्तिक २४ गते भारतका महामहिम राष्ट्रपति श्री राम नाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सुशोभन गर्ने कार्यक्रम रहेको छ ।

 

भ्रमणको क्रममा प्रधान सेनापति महारथी शर्माले विभिन्न भारतीय उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट गर्नु हुने छ । उहाँले आजै भारतीय रक्षा सचिव अजय कुमार, भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, भारतीय सेनाध्यक्ष जनरल एम एम नरवणे र भारतीय वायु सेनाध्यक्ष एयर चिफ मार्शल भि आर चौधरीसँग समेत भेटघाट गर्नु हुने कार्यक्रम रहेको छ ।

प्रधान सेनापति महारथी शर्माको भारत भ्रमणको अवधिभर उहाँको अनुपस्थितीमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । उक्त भ्रमण सम्पन्न गरी प्रधान सेनापति महारथी शर्मा सहितको भ्रमणदल मिति २०७८ कार्तिक २६ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports