नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

डेढ दर्जन युट्युब च्यानल माथि प्रेस काउन्सिलको कारबाही

728
shares

प्रेस काउन्सिल नेपालले अफवाहपूर्ण सामग्री सम्प्रेषण गरेको आरोपमा डेढ दर्जन युट्युब च्यानललाई कारबाही गरेको छ । काउन्सिलले पत्रकार आचारसंहिता उल्लंघन गरेका १८ वटा युट्युब च्यानललाई कारबाही गरेको जानकारी दिएको छ । ती युट्युब च्यानलले कुनै मिडिया अन्तर्गत सूचीकृत नै नभई जनमानसमा भ्रम फैलाउने, त्रसित पार्ने, कुरीति एवम् अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लंघन गरेको काउन्सिलको ठहर छ ।

‘पछिल्लो समय नियमित अनुगमनको क्रममा हुदैँ नभएका निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, त्रसित पार्ने, कुरीति एंव अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण भई आचारसंहिता उल्लंघन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ,’ प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको हो ।

काउन्सिलका अनुसार मिडियाअन्तर्गत सूचीकृत नभई आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्नेमा एक्स्ट्रा अनलाइन टिभी, त्रिशुली खबर टिभी, लेकीसाइट टिभी, नेपाल खबर ओटिभी, न्यूज नेपाली टिभी, टिकटक टिभी, ट्रिकल टिभी छन् । त्यस्तै, १०० प्लस न्यूज, खोज टिभी, इटहरी न्यूज, स्टार मिडिया नेपाल, पूर्वेली अनलाइन टिभी, एमकेसी ब्लग नेपाल, ठमेल २.०, कथा–सेक्स स्टोरी, बीके नेपाल, युगल नेपाल र नेपाली छाडा भिडियो पनि कारबाहीमा परेको जनाइएको छ ।

काउन्सिलले ती युट्युब च्यानललाई कारबाहीको निम्ति नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्राचार गरिसकेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports