विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

परराष्ट्रमन्त्री एनपी साउद २१ औं दोहा फोरममा सहभागी हुन कतार प्रस्थान

845
shares

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद २१ औं दोहा फोरममा सहभागी हुन कतार प्रस्थान गरेका छन् । मन्त्री साउद शनिबार बिहान ७ः४५ बजेको कतार एयरलाइन्सको उडानमार्फत् त्यसतर्फ प्रस्थान गरेका हुन् ।

परराष्ट्रमन्त्री साउदले डिसेम्बर १० अर्थात आइतबार देखि कतारमा सुरु हुने दोहा फोरममा सहभागिता जनाउने छन् । साथै उच्चस्तरीय भेटघाटको क्रममा हमासको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको रिहाइको पहल पनि गर्ने मन्त्री साउदको सचिवालयले जनाएको छ ।

कतारमा मन्त्री साउदले समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग विपिन जोशीको बारेमा कुराकानी गर्ने कार्यतालिका तय भएको छ । मन्त्री साउदले यसअघि मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports