सुकुमवासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम प्रदान
वि.सं.२०८३ असार २० शनिवार १६:३९
shares

काठमाडौं । सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम प्रदान गरेको छ ।
सरकार गठनको सय दिन पूरा भएको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा विस्थापित सुकुमवासी परिवारमध्ये ४६५ परिवारलाई राहत रकम प्रदान गरिएको जानकारी दिइएको हो ।सरकारका अनुसार उनीहरूलाई ५ जेठमा मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअुनसार प्रति परिवार २५ हजार रुपैयाँका दरले राहत रकम प्रदान गरिएको जानकारी दिइएको हो ।
११ वैशाखमा सहरी विकास मन्त्रालयले गरेको निर्णय अनुसार काठमाडौंका १७ सुकुमवासी बस्तीबाट दुई हजार ६०८ परिवार विस्थापनमा परेका थिए ।ती मध्ये ३८८ परिवारलाई सरकारले विभिन्न ‘होल्डिङ सेन्टर’ मा राखेको छ । विस्थापनमा परेका दुई हजार २२० परिवार ‘होल्डिङ सेन्टर’ भन्दा बाहिर नै रहेका पत्रकार सम्मेलनम जानकारी गराइएको छ ।




































