सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अखिल नेपाल फुटबल संघ एन्फाको प्रमुख कार्यकारी अधिकृत सीईओमा इन्द्रमान तुलाधर नियुक्त

520
shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको प्रमुख कार्यकारी अधिकृत सीईओमा इन्द्रमान तुलाधर नियुक्त भएका छन् । आज सोमबार बसेको एन्फा कार्यसमिति बैठकले एन्फाका पूर्व महासचिव तुलाधरलाई सीईओ नियुक्त गरेको हो ।

बैठकमा अधिकांश केन्द्रीय सदस्यले भने खुल्ला प्रतिस्पर्धाबाट सीईओ नियुक्त गर्नुपर्ने भन्दै विरोध जनाएका बैठकमा सहभागी एक जना केन्द्रीय सदस्यले जानकारी दिए । २०६३ सालदेखि लगातार एन्फामा कुनै न कुनै भूमिकामा रहेका तुलाधर २०७९ असारमा भएको निर्वाचनमा कर्मा छिरिङको प्यानलमा थिए । तर कर्मा छिरिङ अध्यक्षमा पंकज विक्रम नेम्वाङसँग पराजित भएपछि तुलाधरको एन्फाबाट बहिर्गमन भएको थियो ।

तर गत शनिबार एन्फा महासचिव किरण राईसँग संयुक्त पत्रकार सम्मेलन गर्दै तुलाधरले आफूले एन्फाको वर्तमान नेतृत्वलाई सहयोग गर्ने घोषणा गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports