सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एकीकृत समाजवादी को केन्द्रीय सचिवालय बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेश

416
shares

काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव पेश भएको छ । सोमवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकमा विधान संशोधन कार्यसमितिले विधान संशोधन सम्बन्धी प्रस्ताव पेश गरेको हो ।

पार्टीको यसअघि बसेको सचिवालय बैठकले पार्टीका सङ्गठन विभाग प्रमुख र उपाध्यक्ष वेदुराम भुसालको संयोजकत्वमा बनेको महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय विधान संशोधन कार्यसमिति गठन गरेको थियो ।सोही समितिले विधान संशोधन सम्बन्धी प्रस्ताव पेस गरेको पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

‘आजको सचिवालयको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव पेश भयो । प्रस्ताव उपर नेताहरूले आफ्नो विचार राख्ने क्रम सुरु भएको छ त्यसैले बैठक भोलि पनि जारी रहन्छ’, श्रेष्ठको भनाइ छ । विधान संशोधन गर्न सो पार्टीले उपाध्यक्ष डा.बेदुराम भुसालको संयोजकत्वमा महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहित तीन सदस्यीय मस्यौदा कमिटी गठन गरेको थियो । सोही कमिटीले आजको बैठकमा मस्यौदा पेश गरेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports