गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज बस्दै

676
shares

काटमाडौँ । सत्तारूढ नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आज बस्दैछ। आजको बैठकमा पार्टीको समसामयिक गतिविधि तथा पछिल्लो समय देखिएका विभिन्न विषयसहित पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरुको कामको विषयमा छलफल हुने बताइएको छ।

बैठकमा पार्टीका विभिन्न आयोगले गरेका कामको विषयमा पनि छलफल हुनेछ। संगठन विस्तारदेखि सबै कामको समीक्षा हुने बताइएको छ।

दुई दिने केन्द्रीय कमिटी बैठकका लागि एकीकृत समाजवादीले हिजो शुक्रबार स्थायी समिति बैठक राखेर एजेण्डा तय गरेको थियो।

उपमहासचिव गंगालाल तुलाधरका अनुसार आज केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीलाई शपथ गराइनेछ।

त्यस्तै, प्रदेश १ र बागमतीका मुख्यमन्त्रीबाट आगामी कार्ययोजना पेस हुनेछ। आइतबार केन्द्रीय सचिवालय र कार्यालयबाट भएका कामको अनुमोदन हुनेछ। बैठकमा उठेका प्रश्नको जवाफ अध्यक्षले दिने कार्यसूची रहेको छ।

शुक्रबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटीको आठौं बैठकले केन्द्रीय कमिटीमा पेस गर्ने एजेन्डा तय गरेको थियो।बैठक ललितपुरस्थित हेरिटेज पार्टी प्यालेसमा बस्न लागेको हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports