गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

‘छेक्यो मायालु’ अमेरिकाबाट सार्वजनिक हुने

598
shares

काठमाडौ । पाँचथरको ऐतिहासिक स्थलहरुमा छायांकन गरिएको ‘छेक्यो मायालु’को भिडियो अमेरिकाबाट सार्वजनिक हुने भएको छ । सुरेश अधिकारीको शब्द, संगीत तथा तारा लावतिको सुमधुर स्वर रहेको गीतलाई सागर केरुङले निर्देशन गरेका हुन् । माता पाथीभरा फिल्मस् प्रा.लि. ललितपुरद्वारा निर्माण गरिएको म्युजिक भिडियोको निर्माता चलचित्र निर्देशक किशोर सुब्बा हुन् ।

मधुराज केरुङ, रुपा तुम्रोक, निङ्वा नेम्बाङ, तरा लिङ्देन, लेन्जो इङ्वा, बिबेक हाङ्सरुम्बा, कविन गुरुङ, एन्जल राई, प्रकाश रम्तेल र ज्योती बेघा लगायतले भिडियोमा अभिनय गरेका छन । भिडियोको छायांकन सञ्जय आचार्य, शृङ्गार अमृता, ड्रोन अपरेटर फुङ्सो जबेगु, प्रकाश संयोजन निश्चल आचार्यले गरेका छन । भिडियो जेपिजे इन्टरटेनमेन्ट अनलाई टिभि अमेरिकाबाट सार्वजनिक हुने बताईएको छ ।

बिक्रम सम्बत २०५४ सालमा लिम्बू चलचित्र ‘आनि साक्थिम’बाट बाल कलाकारहरुको रुपमा खेलाएको कलाकारलाई नै फेरि मोडलको रुपमा भिडियोमा देख्न पाउँदा आफुलाई अति खुशी लागेको ‘आनि साक्थिम’का लेखक तथा निर्देशक समेत रहेका किशोर सुब्बाले बताएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports