kumari
stcnepal

सशस्त्र प्रहरीतस्करी र लागूऔषध विरुद्ध आक्रमक बन्दै

जनकपुर : भारतसँगको खुला सीमाको फाइदा उठाउँदै विभिन्न आपराधिक गतिविधि हुनसक्ने भएकाले पनि यो क्षेत्र नेपाली सुरक्षा निकायका लागि चुनौतीपूर्ण छ । सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता वाहिनी प्रमुख छन् डीआईजी गणेश ठाडा मगर । मगर यस वाहिनीको प्रमुख भएर आएको भर्खर २ महिना मात्र पुग्दै छ । यसबीचमा मगरले लागूऔषध तस्करी नियन्त्रण, सीमा अपराध न्यूनीकरण, अवैध र भन्सार छलेर ल्याइएको सामग्री बरामद र आपराधिक गतिविधि रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यस अवधिमा तस्करीजन्य कार्य नियन्त्रणमा थप आक्रामक बनेको बाहिनीले डेढ महिनामा करिब १० करोड रुपैयाँ बराबरको अबैध सामान बरामद गरेको छ ।


तस्करी नियन्त्रणमा व्यापक प्रहरी परिचालनपछि राजस्व असुलीमा उल्लेख्य सुधार भएको भन्सार कार्यालयकहरुको तथ्यांक छ । पछिल्लो २ महिनामा प्रदेश २ मा भन्सार छली गरी नेपाल भित्र्याएका १० करोड रुपैयाँभन्दा बढीको सामान बरामद गरिएको सशस्त्र प्रहरीको तथ्यांक छ । यस बाहेक विभिन्न खालका लागूऔषध सहित ११ जना व्यक्ति पक्राउ परेका छन् ।

डीआईजी मगरले मानव बेचबिखन हुन नदिन र आपराधिक गतिविधि नियन्त्रण गर्न सीमामा कडाइ गरिएको जनाए । यस अवधिमा ललाइफकाई भारत लैजान लागिएको ४ बालिकाको उद्धार र ४ व्यक्तिलाई पक्राउ गरिएको छ । चाडपर्वको अवसरमा ४ लाख रुपैयाँभन्दा बढी मूल्यको विभिन्न खाले पटकाहरु बरामद गरी नष्ट गरिएको छ ।

footer