नेपालगञ्जबाट काठमाडौँ तर्फ जाँदै गरेको यात्रु बाहक बस दुर्घटनामा परेर निधन हुनेका संख्या १२
वि.सं.२०८० पुस २८ शनिवार ०६:४८
shares

बुटवल । नेपालगञ्जबाट काठमाडौँ तर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेर निधन हुनेका संख्या १२ पुगेको छ । शुक्रबार राति १० बजे दाङ–देउखुरीको भालुवाङ स्थित राप्ती नदीमा बस खसेको थियो ।
दुर्घटनामा १२ जनाको निधन भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक बहादुर मल्ल जानकारी दिए । घाइतेहरुको राप्ती विज्ञान प्रतिष्ठानमा उपचार भइरएको छ । दुर्घटना भएको बस नमस्ते यातायातको रहेको प्रहरीले जनाएको छ । सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
घाइतेहरुलाई स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो ।




































