नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एक देखि तीन सय शैया सम्मका सरकारी अस्पतालमा नर्सिङ पढाउने तयारी

728
shares

काठमाडौं । सरकारले साविकका अञ्चल अस्पतालहरुमा नर्सिङ पढाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार एकदेखि तीन सय शैयासम्मका सरकारी अस्पतालमा नर्सिङ पढाउन लागिएको हो ।

उनका अनुसार यो तयारीले केहि दिन भित्रै मन्त्रिपरिषदबाट निर्णय भएर मूर्त रुप लिनेछ । ‘…एक सय देखि तीन सय बेडमुनिका जुन अस्पतालहरु छन् नेपाल सरकारका छन् । चाहे ती प्रादेशिक हुवा चाहे केन्द्रमा तिनीहरुमा नर्सिङ पढाउन सकिन्छ कि सकिँदैन ? पढाउने गरी हामीले नीगितगत रुपमा पास गर्‍यौं । अब तीन दिन भित्र मन्त्रिपरिषद लान्छौं’ सचिव पोखरेलले जानकारी दिए ।

सोमबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले आफूहरुले एक सय बेड अथवा दुई सय बेड भएका अस्पतालमा नर्सिङ पढाउन चाहेको बताए । उनले थपे, ‘पहिलेका साविकका अञ्चल अस्पातलमा हामी अबन नर्सिङ पढाउँछौं र त्यसको दायीत्व राज्यले लिने भन्ने हिसावले अगाडि गएको छ ।’

सचिव पोखरेलले ३ सय बेडका अस्पतालहरुका एमबीबीएस शिक्षा गर्ने तयारी रहेको पनि जानकारी दिए । साथै, नर्सिङ पढाउनेलाई स्टाप र ब्याचलर नर्स दुई कोर्ष एउटै अस्पतालमा पढाउनुपर्ने व्यवस्था गरिएको उनले बताए । ‘स्टाप नर्स र ब्याचलर नर्स पनि हुनुपर्छ । दुइटालाई दुईटा अस्पताल दिन थाल्यो भने फेरि सकिँदैन’ सचिव पोखरेले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports