नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सशस्त्रका दुई डीएसपी सहित ११ जनामाथि तस्करलाई सघाएको आशंकामा छानबिन

143
shares

काठमाडौँ । पूर्वको काँकडभिट्टा, सुनसरी र मोरङ जिल्लाका सिमानामा तस्करसँग ‘साँठगाँठ’ गरेको आशंकमा सशस्त्र प्रहरीले सो क्षेत्रमा कार्यरत कर्मचारीहरूमाथि छानबिन गरिरहेको छ । छानबिनका लागि असार १० मा सो क्षेत्रका ३ जना कर्मचारीलाई हेडक्वार्टर झिकाइएको थियो । अहिले थप ८ जनालाई छानबिनको लागि हेडक्वार्टरमा तानिएको छ ।

छानबिनको दायरामा दुई जना डीएसपी पनि छन् । सुनसरीस्थित सीमा सुरक्षा गुल्ममा कार्यरत डीएसपी शमशेर कार्की र यसअघि झापाको काँकडभिट्टामा बसेर अहिले इलाममा कार्यरत डीएसपी लोकनाथ उप्रेतीलाई छानबिनका लागि बलम्बुस्थित सशस्त्रको हेडक्वार्टरमा तानिएको हो ।सशस्त्र प्रहरी नायव निरीक्षक र अरू दर्जाका सहित ११ जनालाई सशस्त्रको कानुन निर्देशनालयले छानबिन गरिरहेको छ । पूर्व क्षेत्रमा मात्रै ४ वटा युनिटको कमान्ड गरेका शमशेर कार्की र तस्करहरूबिच ‘कनेक्सन’ देखिएको प्रारम्भिक छानबिनबाट थाहा भएको सशस्त्रका एक जना उच्च अधिकृतले जानकारी दिए ।

सङ्गठनको नीति विपरीत काम गरेका र अनुगमनको क्रममा त्रुटि भेटिएका केही कर्मचारीलाई हेडक्वार्टर झिकाएर छानबिन भइरहेको सशस्त्रका प्रवक्ता(डीआईजी) नेत्रबहादुर कार्कीले बताए । उनले भने– ‘कानुन निर्देशनालयले ९–१० जना कर्मचारीहरूमाथि छानबिन गरिरहेको छ ।’ हेड्क्वार्टरबाट अनुगमन गर्दा सिमानामा खटिएका सशस्त्रका सुरक्षाकर्मीले भन्सारका कर्मचारीहरूसँग मिलेर नै तस्करलाई सघाउने गरेको भेटिएको छ । सशस्त्रका एक जना उच्च अधिकृत भन्छन्, ‘कसैले भारत तर्फबाट १ लाखको सामान ल्याएको भेटिएमा मिलेमतोमा ५ हजारको मात्रै भन्सारमा रसिद काट्ने गरेको भेटिएको छ ।’

सुनसरीस्थित बोर्डर आउट पोस्ट (बिओपी) लौकहीका इन्स्पेक्टर नरेन्द्र चन्द, नम्बर–३८ रिजर्भ गणमा कार्यरत हवल्दारद्वय हरि मगर, केशव गुरुङ, गण नम्बर–२ झापामा कार्यरत हवल्दार विश्वास राजवंशी र पूर्व क्षेत्रीय अस्पताल सुनसरीमा कार्यरत सई गणेश खड्का छानबिनका लागि हेडक्वार्टर तानिएका छन् । नम्बर–४ गण सुनसरीमा कार्यरत जवान पारस यादवलाई पनि हेडक्वार्टर तानिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports