६ सचिवको सरुवा
वि.सं.२०८३ असार ३२ बिहीवार १३:२६
shares

काठमाडौँ । सरकारले ६ सचिवको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ६ सचिवको सरुवा गरेको हो । सरुवा गरिएका सचिवहरूको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेब पोटलमा परिवर्तन गरिएको छ ।
बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ ।राउतको स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा कार्यरत सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई ल्याइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा राखिएका डिल्लीराम शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुर्याइएको छ ।महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव रहेको सचिव राधिका अर्याललाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा पुर्याइएको छ ।
नयाँ बनाइएको विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव दीनानाथ मिश्रलाई पुर्याइएको छ भने राष्ट्रिय सतर्कता केन्द्रमा विश्वबाबु पुडासैनी पुगेका छन् ।



































