एमालेसँग पार्टी एकता गराउने रणनीतिमा दाहाल
पार्टी एकता भए प्रमुख विपक्षी दलको नेता बन्ने ?
वि.सं.२०८३ असार ३२ बिहीवार ११:२१
shares

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टका अध्यक्ष पुष्पकम दाहाल यति बेला जसरी भएपनि नेकपा एमालेसँग पार्टी एकता गर्ने रणनीतिमा लागि परेका छन् । नेपाल कम्युनिष्ट पार्टी कमजोर अवस्थामा रहेको र नेकपा एमालेभित्र समेत पार्टी अध्यक्ष केपी ओलीमाथि पार्टीभित्रैबाट नेतृत्व छोड्न दवाव परेको अवसरको फाइदा दाहालले उठाउन खोजिरहेको सूत्रले दाबी गरेको छ ।
नेकपा एमालेसँग पार्टी एकता भएको अवस्थामा प्रतिनिधिसभामा प्रमुख विपक्षी दलको नेता बन्न पाइने र प्रमुख विपक्षी दलको नेताको हैसियतमा सम्वैधानिक परिषद्को सदस्य समेत रहने सम्वैधानिक व्यवस्था रहेकाले त्यसको फाइदा उठाउन सकिने दाहालको सोँच रहेको र सम्वैधानिक परिषद्को सदस्यका नाताले प्रधानमन्त्री बालेन साहसँग प्रत्यक्ष भेटघाट हुन सक्ने भएकाले दाहाल पार्टी एकताका लागि मरिहत्ते गरिरहेको सम्बन्धित सूत्रले दाबी गरेको छ । रास्वपाका सभापति रवि लामिछानेसँग दाहालको राम्रो सम्बन्ध रहेकाले पनि त्यसको फाइदा उठाउन पनि प्रयासरत रहेको दाबी सूत्रले गरेको छ ।
अहिले प्रतिनिधिसभामा नेपाली कांग्रेस प्रमुख विपक्षी दल रहेको छ । प्रतिनिधिसभामा कांग्रेसका ३७ सांसद रहेका छन् भने नेकपा एमालेका २५ र नेकपा कम्युनिष्ट पार्टीमा १७ सांसद रहेकाले पार्टी एकता हुन सकेको खण्डमा ४२ सांसद हुने भएकाले दाहाल प्रमुख विपक्षी दलको नेता हुन सक्छन् त्यही कारणले गर्दा उनी पार्टी एकताका लागि लागि परेका बताइएको छ ।
दाहाल पूर्व प्रधानमन्त्री समेत रहेका र अन्य कोही पनि पूर्व प्रधानमन्त्री सांसदमा नपुगेका हुनाले र राष्ट्रियसभा अध्यक्ष समेत दाहालका भाई नारायण दाहाल रहेका र उनीसमेत सम्वैधानिक परिषद्को सदस्य रहेकाले गर्दा त्यसको फाइदा उठाउने पक्षमा दाहाल रहेका छन् । दाहाल निकट व्यापारी अजय सुमार्गीको राहदानी रोक्का राख्ने बालेन सरकारको निर्णय बदर गराउन दाहालले महत्वपूर्ण भूमिका खेलेका र दाहाललाई रास्वपा सभापति रवि लामिछानेले समेत सहयोग गरेका हुनलो नै दाहाल नेकपा एमालेसँग पार्टी एकता गराउने पक्षमा रहेको र त्यस अनुरुपमा अघि बढ्दै गएको सूत्रले दाबी गरेको छ ।




































