सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वाइडबडी काण्डमा रवीन्द्र निर्दोष छन् : प्रधानमन्त्री ओली

403
shares

प्रधानमन्त्री केपी ओलीले वाइडबडी खरिद प्रक्रियामा रवीन्द्र अधिकारी निर्दोष रहेको बताएका छन् ।

हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पार्टी नेता रवीन्द्र अधिकारीको शोक प्रस्ताव पारित गर्न शुक्रबार बसेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको विषय जोडेर केही तत्वले उनको बदनाम गर्न खोजको बताए । ‘अत्यन्तै अनुचित ढंगले उहाँको कुनै सरोकार नभएको विषय वाइबडी विमान खरिदमा जोडेर केही तत्वले बदनाम गर्न खोजे जो सम्पूर्ण रूपमा निराधार कुरा हो,’ प्रधानमन्त्रीले भने ।

वाइडबडीबारे रवीन्द्र अधिकारीलाई आरोप लगाउनु दुःखद भएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘मलाई दुःख लाग्छ कि उहाँ जस्तो कर्मठ, क्रियाशील मानिसलाई अनुचित ढंगले त्यस प्रकारले आरोप, लान्छना लगाउने र अपमान गर्ने काम पनि भयो ।’

मन्त्री अधिकारीले नागरिक उड्डयनका क्षेत्रमा देखिने गरी असाधरण काम गरेको पनि प्रधानमन्त्रीले चर्चा गरे । ‘६ वटा विमास्थलमा रात्रि उडान सञ्चालन गर्ने, धनगढी, विराटनगर र चन्द्रगढी विमानस्थलको काम अघि बढाउने कुरा अधिकारीकै सक्रियतामा भएको हो,’ प्रधानमन्त्रीले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports