सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा एम्बुलेन्सको व्यवस्था

611
shares

 

चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटनमा सहभागी हुने प्रत्येक ¥यालीमा एउटा एम्बुलेन्स राखिने भएको छ ।
महाधिवेशन उद्घाटन अगाडि चितवनका विभिन्न ठाउँबाट सुरु हुने ¥यालीसँग एम्बुलेन्स पनि रहनेगरी काम भइरहेको स्वास्थ्य व्यवस्थापन समिति संयोजक भानुभक्त ढकालले बताएका हुन् ।

एमालेको महाधिवेशनका लागि प्रयोग हुने एम्बुलेन्ससँगै नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचारको तालिम लिएका स्वयंसेवकहरु परिचालन हुने स्वास्थ्य व्यवस्थापन समितिले बताएको छ ।

प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले महाधिवेशन उद्घाटन हुने स्थानमा भीआईपी र भीभीआईपीलाई लक्षित गर्दै दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने बताए ।
उद्घाटन समारोह हुने मञ्चको आडैमा ‘क’ वर्गको एउटा र ‘ख’ वर्गको एउटा गरी दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने पौडेलको भनाइ छ । उद्घाटन सत्र सकिएपछि भने बन्दसत्र हुने स्थान सौराहामा केन्द्रित गरेर एम्बुलेन्सको व्यवस्थापन गरिने छ ।

बन्दसत्र अवधिभर सौराहामा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली बस्ने ठाउँमा क वर्गको एम्बुलेन्स तयारी अवस्थामा राख्ने पौडेलले बताए । थप चार वटा एम्बुलेन्स बन्दसत्र हुने स्थानको नजिकमा रहने बताए ।

बन्दसत्रमा बिरामी भएका प्रतिनिधिलाई चितवनका मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने गरी सहमति गरिएको समितिका सदस्य डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports