सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्व.खड्का छोरा भए महाधिवेशन प्रतिनिधि

702
shares

काठमाडौँ । दाङबाट नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा अनुराग खड्का निर्वाचित भएका छन् । आज दिउँसो प्राप्त नतिजा अनुसार खड्काले दाङको निर्वाचन क्षेत्र नं. १ मा खुल्ला (प्रत्यक्ष) तर्फबाट २१ प्रतिस्पर्धीमध्ये सबैभन्दा बढी ४९७ मत प्राप्त गरि निर्वाचित भएका हुन् ।

दाङको निर्वाचन क्षेत्र नं. १ मा कुल ६९४ मतदाता मध्ये ६८५ जनाले मत खसाएको थियो । खड्का पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काका छोरा हुन् । जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा जित्ने खड्का सबैभन्दा कान्छो उमेरका ब्यक्ति हुन्।

उनी २८ वर्षका छन् । जितपछि अनुराग आफूले बुवाकै कारणले लोकप्रिय मत पाएको जिकिर गरे। आज मैले पाएको मत मेरो हैन, मेरो बुवाको मत हो, अनुरागले भने ,यो मेरो बुवाप्रति मतदाताले देखाएको सम्मान हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports