kumari
stcnepal

स्व.खड्का छोरा भए महाधिवेशन प्रतिनिधि

काठमाडौँ । दाङबाट नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा अनुराग खड्का निर्वाचित भएका छन् । आज दिउँसो प्राप्त नतिजा अनुसार खड्काले दाङको निर्वाचन क्षेत्र नं. १ मा खुल्ला (प्रत्यक्ष) तर्फबाट २१ प्रतिस्पर्धीमध्ये सबैभन्दा बढी ४९७ मत प्राप्त गरि निर्वाचित भएका हुन् ।

दाङको निर्वाचन क्षेत्र नं. १ मा कुल ६९४ मतदाता मध्ये ६८५ जनाले मत खसाएको थियो । खड्का पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काका छोरा हुन् । जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा जित्ने खड्का सबैभन्दा कान्छो उमेरका ब्यक्ति हुन्।

उनी २८ वर्षका छन् । जितपछि अनुराग आफूले बुवाकै कारणले लोकप्रिय मत पाएको जिकिर गरे। आज मैले पाएको मत मेरो हैन, मेरो बुवाको मत हो, अनुरागले भने ,यो मेरो बुवाप्रति मतदाताले देखाएको सम्मान हो।

footer