२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ल्याप्रोस्कोपीबाट नेपालमै सफल मिर्गौला प्रत्यारोपण

962
shares

नेपालमा पहिलोपटक ल्याप्रोस्कोपीका माध्यमबाट सफल मिर्गौला प्रत्यारोपण गरिएको छ । विश्वमा कमै मात्रामा हुने गरेको यस्तो प्रत्यारोपण नेपाली चिकित्सकहरुले शुक्रबार सफलताका साथ गरेका छन् ।

धापासीको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालका चिकित्सक डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा कैलाली निवासी राना थारु समुदायका श्रीमानको मिर्गौला ल्याप्रोस्कोपीका माध्यमबाट प्रत्यारोपण गरिएको हो । डा. ज्ञवालीका अनुसार लामो प्रायासपछि ३५ वर्षीया श्रीमतीले दिएको मिर्गौला ३८ वर्षका श्रीमानलाई प्रत्यारोपण गरिएको हो ।

यो नेपाली चिकित्सा जगतको ठुलो उपलब्धी भएको ज्ञवालीले बताए । मानवअंग प्रत्यारोपण केन्द्रले बिदेशी चिकित्सक ल्याएर प्रत्यारोपण गर्दै आएको थिए । तर, ल्याप्रोस्कोपीको माध्यमबाट गरिएको प्रत्यारोपण भने यो पहिलो हो ।

प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा सर्जन पवन चालिसे, अनिल श्रेष्ठ, भोजराज लुईटेल र सुरेन्द्र अधिकारी तथा मन्जु शाही र सुजाता गणेश को नर्सिङ टिमले दाताको मृगौला बिना चिरफार ल्याप्रोस्कोपीक बिधीले निकालेर सफलता पूर्वक प्रत्यारोपण गरेको छ ।

एनेस्थेसिया बिभागका चिकित्सकहरु डा अर्चन अधिकारी, अभिनास गुरुंग, अशोक खड्का र सुजाता निरौलाको पनि संलग्नता थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports