फागुन २१ गते संसदमा उपस्थिति भएर सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रूलिङ
वि.सं.२०८० फागुन १८ शुक्रवार १२:५३
shares

काठमाडौं । सभामुख देवराज घिमिरले विपक्षी दलहरुले उठाएका विषयमा २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।
विपक्षी दलहरुले ६ फागुनयता बालकुमारी घटना, मिटरब्याज र सहकारी पीडितको आन्दोलनलगायतका विषयमा सरकारको जवाफ माग्दै आएका छन् ।१४ फागुनको बैठकमा सभामुखले आगामी बैठकमा जवाफ दिन रुलिङ गरेका थिए । तर, शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित भए ।
संसद् बैठकको सुरुमै एमाले सांसद सूर्य थापाले प्रधानमन्त्री खोजी गरिदिन माग गरे भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि अब संसद चल्न नसक्ने बताए ।दुवै दलका सांसदहरु आ-आफ्नो स्थानमा उभिएपछि सभामुख घिमिरले मिति नै तोकेर २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन रुलिङ गरेका छन् ।






























