सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सत्ता गठबन्धन कायमै रहने सभापति शेरबहादुर देउवाको दाबी

507
shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन कायमै रहने दाबी गरेका छन् ।

राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने माओवादी निर्णयसँगै सत्ता गठबन्धनबारे प्रश्न उठेको छ । तर, देउवाले भने गठबन्धन केही नहुने बताएका छन् ।

भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगेका देउवाले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग अलग-अलग पार्टी भएकाले निर्णय गर्नु स्वभाविक भएको बताए । उनले भने, ‘अलग अलग पार्टी हो, निर्णय गर्यो त के भयो ? हामी पनि गर्छौं । तर गठबन्न्धन केही हुँदैन ।’ कृष्ण सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमति के हुन्छ त भन्ने प्रश्नमा उनले भने, ‘सरसल्लाह गरेर दिने हो । सल्लाह भइसकेको छ, फेरि हुन्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports