सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशमा दलका नेता खटराज भट्टलाई संसदीय दलको नेताबाट हटाउने कामलाई गलत भएको ठहर

455
shares

काठमाडौं। नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा दलका नेता खटराज भट्टलाई संसदीय दलको नेताबाट हटाउने कामलाई गलत भएको ठहर गरेको छ ।

पार्टीको १०, १३, १५ र १६ फागुनमा बसेको स्थायी कमिटी बैठकले दल नेता परिवर्तनको निर्णय पार्टीको पद्दतिगत दृष्टिले गल्ति भएको ठहर गर्दै उक्त निर्णयमा सहभागीहरूको आलोचना गरी आगामी दिनमा त्यस प्रकारको गल्ति नदोहोर्‍याउनका लागि सचत गराउने निर्णय गरेको हो ।

‘सुदूरपश्चिम प्रदेशसभा दलको नेता परिवर्तनको सन्दर्भमा सम्बन्धित तहको पार्टीको निर्णय विना प्रदेशसभा दलले गरेको दल नेता परिवर्तनको निर्णय पार्टीको पद्दतिगत दृष्टिले गल्ति भएको ठहर गरियो । अतः सो निर्णयमा सहभागी कमरेडहरूलाई कडा आलोचना गरी आगामी दिनमा त्यस प्रकारको गल्ति नदोहोर्‍याउनका लागि सचेत गराउने निर्णय गरियो’, माओवादीले जारी गरेको आन्तरिक सर्कुलरमा उल्लेख गरेको छ ।

माओवादीले सुदूरपश्चिम प्रदेशसभामा भएको उक्त निर्णयलाई वैधानिकता दिएर भट्टलाई पार्टीको इन्चार्जबाट समेत हटाउने निर्णय गरे पनि सर्कुलरमा भने उक्त निर्णय गरेको हो । पार्टीले प्रदेशसभामा भएको उक्त निर्णयलाई वैधानिकता दिएको भन्दै उपमहासचिव जनार्दन शर्मा र स्थायी समिति सदस्य समेत रहेका भट्टले फरक मत राखेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports