सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हाम्रा प्रधानमन्त्रीलाई विदेशीले अपमानजनक ढंगबाट लेखिँदा परराष्ट्रमन्त्रीले आफ्नो प्रतिक्रिया जारी गर्नुपर्दैन ? : सांसद रघुजी पन्त

481
shares

काठमाडौँ । एमालेका सांसद रघुजी पन्तले नेपाल र नेपालका प्रधानमन्त्रीलाई भारतका पूर्व जनरल अशोक मेहताले अपमानजनक आलेख लेखेकोमा आपत्ति जनाएका छन् । मेहताले नेपालको चीनसँग जोडिएका धेरै जिल्लामा सीमा मिचिएको, वर्तमान गठबन्धन सरकार भारतका लागि उपयुक्त भएको आलेखमा लेखिएको भन्दै उनले त्यसप्रति आपत्ति जनाएका हुन् ।

‘मेहताको आलेख नेपाल र नेपालीका लागि आपत्तिजनक छ । भारतले अहिलेको गठबन्धन ठिक भएको र चीनसँगको सम्झौता रोकेर राखेको, भारतका लागि राम्रो गरेको छ । अहिले प्रचण्ड भारतका लागि उपयुक्त पात्र छन् । तबेलामा राखिएका देउवा भविष्यका लागि उपयुक्त छन् । भनेर लेखिएका छन् । मेरो प्रधानमन्त्री प्रचण्डसँग सयौँ मतभेद होलान् । देउवासँग सयौँ मतभेद होलान् । हाम्रा प्रधानमन्त्रीलाई विदेशीले अपमानजनक ढंगबाट लेखिँदा परराष्ट्रमन्त्रीले आफ्नो प्रतिक्रिया जारी गर्नुपर्दैन ?’, शुक्रवार संसदमा उनले बोलेका छन् ।

चीनले उत्तरी जिल्ला दार्चुला, मुस्ताङ, गोरखा, रसुवा र सोलुखुम्बुमा नेपालको सिमाना मिचिएको भनेर लेखेको भन्दै यस विषय साँचो हो कि झुटो हो भन्ने विषयमा स्पष्ट पार्न माग गरेका छन् । २७ फेब्रुअरीमा एक अनलाइन पोर्टलमा ‘इन्डिया इज द राइट ट्र्याक इन द नेपाल’ शीर्षकमा उक्त आलेख रहेको दाबी गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports