linktrix Long Ad
Salt Trading Long Ad

टेकु अस्पतालका निर्देशक बास्तोलाको सरूवा

819
shares

 

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाको सरूवागरेका छन्। बास्तोलाको सरुवा प्रति मन्त्रालयकै कर्मचारीहरुले असन्तुष्टि जनाएका छन्

कोरोनाको समयमा राम्रो काम गरेको भन्दै डा. वास्तोलालाई सरकारले पुरस्कृत समेत गरेको थियो।बाँस्तोलालाई सार्क क्षयरोग केन्द्रको निर्देशकको जिम्मेवारी दिइएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् ।

बास्तोलाको ठाउँमा टेकु अस्पतालमै कार्यरत डा. मनिषा रावललाई जिम्मेवारी दिइएको छ। गत भदौमा टेकु अस्पतालको निर्देशक नियुक्त भएका डा. बास्तोला नेपालमा कोरोना महामारीको सुरू भएदेखि नै संक्रमितको उपचारमा खटिएका थिए।

त्यो बेला उनले राम्रो भूमिका निर्वाह गरेको भन्दै धेरै जनाबाट तरिफसमेत पाएका थिए।यसैगरी थापाथलिस्थित प्रसुति गृहकी निर्देशक डा. संगिता मिश्रालाई मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा सरुवा गरीर्एको छ भने हाल सार्क क्षयरोग केन्द्रमा रहेका डा. तारा पोखरेललाई मन्त्रालयको योजना महाशाखाको जिम्मेवारी दिएर सरुवा गरिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports