सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपोलीलाई हराउँदै युभेन्टसलाई शीर्ष स्थानमा १६ अंकको अग्रता

559
shares

युरोपका उत्कृष्ट ५ लिगमध्येको एक्लो अपराजित टिम युभेन्टसले इटालियन सिरी एमा शीर्ष स्थानमा १६ अंकको अग्रता कायम गरेको छ । सिरी ए अन्तर्गत आइतबार राति नेपोलीलाई उसकै मैदानमा २–१ ले पराजित गर्दै युभेन्टसले शीर्ष स्थानमा १६ अंकको अग्रता कायम गरेको हो ।

लिगको २६ खेल सकिँदा युभेन्टसले २३ जित र ३ बराबरी खेल्दै ७२ अंक बनाएको छ । दोस्रो थानमा रहेको नेपोलीको ५६ अंक छ । ४८ अंक जोडेको एसी मिलान तेस्रो ४७ अंकका साथ इन्टर मिलान चौथो र ४४ अंकका साथ एस रोमा पाचौं स्थानमा छन् ।

पहिलो हाफमै लिएको अग्रता जोगालन सफल भएपछि खेल युनेन्टसले जित्यो । खेल हारे पनि नेपोली घरेलु मैदानमा निकै उत्कृष्ट खेल खेलेको थियो । युभेन्टसलाई निरन्तर दबाबमा राखेपनि उसले खेल आफ्नो पक्षमा पार्न सकेन ।

२८ औं मिनेटमा डिबक्सको ठीक बाहिरबाट फ्रिकिकमा मिरालेम पियानिचले उत्कृष्ट गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । स्टार क्रिस्टियानो रोनाल्डोलाई नेपोलीका किपर एलेक्स मेरेटले खराब ट्याकल गरेपछि युभेन्टसले फ्रिकिक पाएको थियो भने मेरेटले सिधै रेडकार्ड पाए ।

१० खेलाडीमा सीमित बनेको नेपोलीले ३९ औं मिनेटमाप पुनः अर्को गोल खायो । युभेन्टसका इमर क्यान गोल गर्दै ग्रता दोब्बर पारे । पहिलो हाफमै २–० को अग्रता लिएको युभेन्ट्स पनि दोस्रो हाफको सुरुवातमै १० खेलाडीमा सीमित बनेको थियो । ४७औं मिनेटमा पियानिज दुई एल्लो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

त्यसपछि भने नेपोलीले युभेन्टसलाई थप दबाबमा राखेको थियो । फलस्वरुप जोसे कलेजोनले ६१ औ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फार्काएका थिए । तर, खेलपमा पकड बनाए पनि त्यसपछि कुनै गोल गर्न नसक्दा नेपोली पराजित भयो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports