विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रानीपोखरी निर्माणका लागि उपभोक्ता समिति गठन

728
shares

काठमाडौं  । काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणका लागि उपभोक्ता समिति गठन गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्व र बजेटमा रानीपोखरी पुनर्निर्माणका लागि महागनरले अजयरत्न स्थापितको नेतृत्वमा पाँच सदस्यीय उपभोक्ता समिति बनाएको हो ।

शुक्रबार बसेको महानगरपालिकाको ३०औँ कार्यपालिका बैठकले प्राधिकरणसँगको समवन्यमा समिति गठनको निर्णय गरेको हो । ‘प्राधिकरणको समन्वयमा रानीपोखरी पुनर्निर्माणका लागि उपभोक्ता समिति बनाएका हौँ,’ प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘समितिले प्राधिकरणको नेतृत्वमा काम गर्नेछ ।’

बैठकले रानीपोखरी पुनर्निर्माणको अनुगमन तथा समन्वय गर्न अर्को समिति पनि बनाएको छ । वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । महानगरले रानीपोखरी पुनर्निर्माण ढिलाइ गरेको भन्दै १४ माघको मन्त्रिपरिषद् बैठकले रानी पोखरी पुनर्निर्माणको जिम्मा प्राधिकरणलाई दिएको थियो ।

बैठकमा काठमाडौं टावरको निर्माण प्रक्रियाका विषयमा समेत छलफल भएको छ । स्वच्छन्द बिकाइले निर्माण गरिरहेको कामको गुणस्तर सम्झौतामा उल्लेख भएका सर्तहरूको पालना र समयसीमाजस्ता विषयलाई स्वतन्त्र परीक्षण गर्न परामर्शदाताबाट काम गराउने निर्णय भएको छ । ०७१ मा पाँच वर्षमा सक्ने गरी काठमाडौं टावर निर्माण थालिएको थियो । तर, निर्माण सुरु भएको चार वर्षसम्म पनि निर्माणको कामले गति लिन सकेको छैन ।

यस्तै, बैठकले २४ चैतमा नगरसभा बोलाउने निर्णय पनि गरेको छ । राष्ट्रिय सभागृहमा हुने सभामा सार्वजनिक निजी साझेदारी, सार्वजनिक यातायात र सहरी योजना आयोगसम्बन्धी तीन विधेयक पेस हुने प्रवक्ता डंगोलले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports