गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अनियमितताको आरोपमा बिपी स्वास्थ्य प्रतिष्ठानका उपकुलपतिलाई बर्खास्त गर्न सिफारिस

611
shares

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई पदबाट बर्खास्त गर्न सिफारिस गरिएको छ । ४२औँ सिनेटले प्रा.डा. रौनियारलाई पदीय दुरुपयोग गरेर अनियमितता गरेको आरोपमा बर्खास्त गर्न कुलपति तथा प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको हो ।

यसैबीच बैठकले शिक्षा अध्यक्ष प्रा.डा. गुरु खनाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिने निर्णय गरेको छ । ४२औं सिनेटका लागि सहकुलपति स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बिहीबार बैठक बोलाएका थिए । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि शुक्रबार बिहान बैठक बसेको थियो ।

उपेन्द्र यादव स्वास्थ्यमन्त्री बनेपछि बसेको ४१औँ सिनेट बैठकले चार सय बेडको एमसिएच, २-२ सय बेडको अंकोलोजी र कार्डियोजी भवनसँगै एनएफआरएस सम्बन्धमा छानबिन समिति गठन गर्ने र प्रतिवेदन प्राप्त भएपछि प्रक्रिया अघि बढाउन स्वास्थ्यमन्त्रीलाई अख्तियारी दिने निर्णय भएको थियो । अंकोलोजी र कार्डियोजी भवन बनाउने पैसा प्रा.डा. रौनियारले रकमान्तर योजना अघि नबढाएको उनीमाथि आरोप छ । एमआरआई मेसिन खरिद गर्न लाग्दा पनि रौनियार घुस खान खोजेको भन्दै उजुरी परेको थियो ।

बिपी प्रतिष्ठानमा भ्रष्टाचार भएको भन्दै सरकारले दुईवटा छानबिन समिति बनाएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदार अधिकारीको संयोजकत्व र स्वास्थयमन्त्रीको संयोजकत्वमा छानबिन समिति बनेको थियो । छानबिनको आधारमा आएको दुईवटा प्रतिवेदनलाई नै आधार मानेर बर्खास्तको सिफारिस गरिएको रजिस्ट्रार तुलबहादुर श्रेष्ठले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports