आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय
वि.सं.२०७८ मंसिर २० सोमवार १३:२६
shares

म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ । समाचार संस्था एएफपीका अनुसार सरकार प्रवक्ताले ७६ वर्षीया सुकीलाई चार वर्ष जेल सजाय हुने जानकारी दिएका छन्।
सुकीले नोवेलशानित पुरस्कार पाए पनि उनी सत्तामा रहदाँ अल्पसंख्यक रोगीया जातीमाथी अत्याचार गरेको भन्दै शान्ति पुरस्कार खोसिएको थियो भने बेलायतले दिएको सम्मानार्थ नागरिकता समेत खोसिएको थियो । आज( सोमबार) एक अदालतले सुकीलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड–१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो।
उनीमाथि सेनाले भ्रष्टाचार गरेको, गैरकानुनी रूपमा वाकीटकी राखेकोलगायत धेरै आरोप लगाएको छ। उनीमाथि लागेका सबै अभियोगमा अदालतले उनलाई दोषी ठह¥याए उनले आजीवन काराबासको सजाय पाउने सम्भावना देखिन्छ।






































