linktrix Long Ad
Salt Trading Long Ad

कामना सेवाले“KamanaSewa Futsal Cup 2021”को आयोजना गर्दै

650
shares

“स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क”भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवा विकास बैंकले पुसको दोश्रोे हप्तापहिलो “Kamana Sewa FutsalCup 2021“ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजितएक कार्यक्रमका बीच बैंकका संचालक श्री विश्वेश्वर सुवेदी ज्यू तथा प्रमुखकार्यकारी अधिकृत श्री प्रविण बस्नेत ज्यूले संयुक्त रुपमा उक्त प्रतियोगिताकोे आधिकारिक रुपमा अनावरण गरी प्रतियोगिता आयोजना गर्ने घोषणा गर्नु भएको छ । सो प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालन Khelpati.com ले गर्नेछ भने अखिल नेपाल फुटबल संघ(ANFA) फुटसल कमिटिमा रहनेछ । प्रतियोगितामा बैंक तथावित्तीय संस्था तथा बीमा कम्पनीहरुलाई सहभागी गराइनेछ ।

 

 

संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बिमा क्षेत्रका कर्मचारीहरुको स्वास्थ्य तथा निरोगिता प्रबर्दन गर्ने तथा संस्थाहरुबीच मैत्रीपूर्ण सम्बन्ध स्थापितर खेल मैत्री वातावरण निर्माण हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको बैंकका संचालक श्री विश्वेश्वर सुवेदीज्यूले बताउनु भयो । उक्त कार्यक्रममा बैंकका कर्मचारी, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports