kumari
stcnepal

नेपाली नर्सले आकर्षक आम्दानी बेलायतमा पाउने

 

काठमाडौं । सरकारले थालेको छलफल अनुसार नेपाली नर्सले बेलायतमा मौका पाएमा आकर्षक आम्दानी गर्ने देखिएको छ । बेलायतले आफ्ना नर्सहरूले बेलायतमा मासिक ४ हजार पाउन्ड स्टर्लिङसम्म पाइरहेकाले त्यसैअनुसार तलब दिने प्रस्ताव गरेको छ । बेलायतमा नेपाली नर्सलाई रोजगारीको अवसर दिनेबारे दुई देशबीच औपचारिक सम्वाद अघि बढिसकेको छ ।

बेलायत सरकारले औपचारिक पत्र काटेरै नेपाली नर्सलाई आफ्नो ‘नेसनल हेल्थ प्रोग्राम’अन्तरगत अवसर दिन चाहेको बताएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक कार्यदल नै बनाएर वार्ता अघि बढाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेका अनुसार बेलायतले विभिन्न देशमा गरेर एक लाख नर्स लैजान खोजेको बुझिएको छ । तर, नेपालबाट कति नर्स, कहिलेसम्म, कुन मापदण्ड, विधि, प्रक्रियाबाट लैजान चाहेको हो भन्ने स्पष्ट नभएको उनले बताएका छन् । यसबारे वार्ता गर्न मन्त्रालयकी सहसचिव विनु बज्राचार्यको संयोजकत्वमा बनेको समितिले छलफल अघि बढाएको घिमिरेले जानकारी दिए ।

अनौपचारिक रुपमा बेलायत सरकारले नेपालबाट १० हजार जना नर्सलाई रोजगारी दिनसक्ने बताएको मन्त्रालयबाट हालै सरुवा भएका सचिव सूर्यप्रसाद गौतमले सार्वजनिक कार्यक्रमहरुमै बताउँदै आएका छन् । बेलायतले फिलिपिन्स, भारत र नेपालबाट नर्सिङ क्षेत्रका श्रमिक लैजान चाहेको बुझिएको छ ।

बेलायतसँग वार्तामा सहभागी एक अधिकारीका अनुसार अंग्रेजी भाषामा निपुणले मात्रा यो अवसर पाउने देखिएको छ । त्यसका लागि छुट्टै भाषा परीक्षा समेत लिने बेलायतको प्रस्ताव छ । नर्सलाई अवसर दिनेबारे छलफल थालेपछि मन्त्रालयले नेपाली बजारमा उपलब्ध नर्सबारे पनि नर्सिङ काउन्सिलबाट जानकारी पनि लिएको छ । जसअनुसार नर्सिङ काउन्सिलमा ६६ हजार नर्स दर्ता छन् । त्यसमध्ये २४ हजार जना रोजगारी र पढाइका सिलसिलामा देश बाहिर छन् ।

footer