नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग– २०७४ को प्रतिवेदनको तत्कालीन त्रिविका उच्च पदस्थ अधिकारी लगायत माथि कारबाही सिफारिस

728
shares

काठमाडौँ । चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग– २०७४ को प्रतिवेदनले तत्कालीन त्रिविका उच्च पदस्थ अधिकारी लगायत माथि कारबाही सिफारिस गरेको छ । बुधबार सार्वजनिक प्रतिवेदन अनुसार उच्च पदस्थ अधिकारी माथि कारबाहीको सिफारिस गरेको हो । उनीहरूले मेडिकल शिक्षामा देखिएका विकृति र विसङ्गतिलाई बढवा दिने वा अनियमित गरेको प्रतिवेदनले औँल्याएको छ ।

कारबाही सिफारिस भएकाहरूमा तत्कालीन त्रिवि कार्यकारी परिषद्का पदाधिकारीहरूले गलत मनसायले सम्बन्धन दिन प्रक्रिया अघि बढाएको उल्लेख छ । जसमा त्रिविका तत्कालीन उपकुलपति तीर्थ खनिया, रेक्टर सुधा त्रिपाठी, रजिस्ट्रार डिल्ली उप्रेती तथा सदस्यहरू रामप्रसाद खतिवडा, ताराप्रसाद सापकोटा,राजेन्द्र पौडेल र हरि पराजुली लगायत रहेका छन् । उनीहरूले मेडिकल सञ्चालनको प्रलोभन दबाबमा कानुनको दुरुपयोग गरी सम्बन्धन दिने काम गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

उनीहरूलाई आयोगले भविष्यमा सरकारी नियुक्ति गर्न अयोग्य ठहराएको छ । उक्त प्रतिवेदन ६ वर्षयता लुकाएर राखिएको थियो । नेपाल सरकारले ०७४ वैशाख ४ गते विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग, २०७४ गठन गरेको थियो । आयोगमा डा. उपेन्द्र देवकोटा सदस्य र शिक्षा मन्त्रालयका तत्कालीन सहसचिव सूर्यप्रसाद गौतम सदस्य सचिव थिए । आयोगले २०७४ माघमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाए पनि सार्वजनिक गरिएको थिएन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports