kumari
stcnepal

भिष्मराज फुलाराको ‘भाग्यभित्र जीवन ‘सार्वजनिक

काठमाण्डौ । निषेधाज्ञा खुकुलो भए यता चर्चित नृत्यांगना सुनिता बस्नेत नृत्य प्रशिक्षकसंगै म्युजिक भिडियो निर्देशनमा समेत ब्यस्त बनेकी छिन ।

उनको कोरियोग्राफी रहेको ‘भाग्यभित्र जीवन’बोलको म्युजिक भिडियो फुलारा इन्टरटेण्टमेण्ट नेटवर्क र श्याम खत्रीको संयुक्त निर्माणमा बनेको हो ।

युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको शब्दमा तयार पारीएको यस् गीतमा अञ्जु पन्तको स्वर रहेको छ भने संगीत बाबुल गिरीले भरेका छन् ।

रामजी लामिछानेकोे निर्देशन रहेको समसामयिक अति मर्मस्पर्धी गीत तथा भिडियोले नेपाली एकल नारीको भाग्य कस्तो हुन्छ भन्ने कुरालाई चित्रण गरेको छ ।

भिडियोमा नायिका अनु शाह र पृथ्वी प्रसाँईले जिवन्त अभिनय गरेका छन् ।

भिडियोमा कोरियोग्राफर सुनिता बस्नेतको कोरियोग्राफी, श्रृंगार रुपा मानन्धर, छायांकन सुमन कार्की, मिक्सिङ मासटरिङ्ग दिनेश राजबाहकको रहेको छभने गीतको सम्पूर्ण कार्य स्टुडियो द पिकमा गरिएको हो ।

भिडियो हेर्नको लागि तलको लिंकमा थिच्नुहोस् ।

links: https://youtu.be/TxulbEcDwBk

footer