गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

म जहाँ रहनेछु त्यही काग्रेस रहनेछ : सिटौला

650
shares

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफू जहाँ रह्यो त्यहीँ कांग्रेस रहने बताएका छन्।यो कुरा आफूले अहंकार गर्दै नभनेको उनले दाबी गरे ।

काठमाडौंमा आज आयोजित आफूनिकट नेता तथा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘म जहाँ छु त्यहीँ रहनेछ कांग्रेस मैले अहंकार गरेको होइन, म जहाँ रहन्छु त्यहीबाट कांग्रेसको सम्पूर्ण एकता प्रारम्भ हुन्छ।’

सिटौलाले आफ्ना तर्फबाट युवाहरूको नेतृत्व गर्ने जिम्मेवारी केन्द्रीय सदस्य प्रदीप पौडेललाई दिएको पनि बताए। उनले युवालाई अगाडि बढेको आफूले देख्न चाहेको बताएका थिए।

आफूले यो महाधिवेशनमा के गर्ने भन्नेबारे उम्मेदवारी दर्ता गर्ने दिन मात्रै भन्ने सिटौलाले बताए। सिटौला सभापति पदमा उठ्ने तयारी गर्दैछन्।आफूसँग रहेका नेतालाई स्थापित गर्ने आफ्नो तयारी रहेको उनले बताएका थिए।उक्त भेलामा बोल्दै प्रदेश १ कांग्रेसका सभापति उद्धव थापाले यो समूह बाँच्ने गरी निर्णय गर्न सिटौलालाई आग्रह गरेका थिए।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports