kumari
stcnepal

पूर्वमन्त्री महेश बस्नेत विरुद्ध परेको जाहेरी तामेलीमा राख्ने निर्णयमा अदालतले लिखित जवाफ माग्यो

काठमाडौँ । पूर्वमन्त्री महेश बस्नेत विरुद्ध परेको जाहेरी तामेलीमा राख्ने निर्णयमा अदालतले लिखित जवाफ मागेको छ । उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावलले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँसँग लिखित जवाफ माग्ने आदेश गरेका हुन् ।

बस्नेत विरुद्ध ३१ वर्षीया युवतीले जिल्ला प्रहरी परिसर काठमाडौँमा दिएको बलात्कार र भ्रूण हत्या विरुद्धको जाहेरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले तामेलीमा राख्ने निर्णय गरेको थियो । वैशाख ४ मा वकिल कार्यालयले प्रमाण पुगेका बखत मुद्दा चल्ने गरी सिफारिस गरेको काठमाडौँ प्रहरीको रायलाई सदर गरेको हो ।

अदालतले १५ दिनभित्र उच्च सरकारी वकिल कार्यालय पाटन मार्फत सबुद प्रमाण सहित लिखित जवाफ पेस गर्न भनेको छ । सो मुद्दामा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता इन्द्र प्रसाद अर्यालले बहस गरेका थिए ।

footer