नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नाम्सले आगामी आव देखी एमबिबिएस बिषय पढाउने

767
shares

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आगामी आर्थिक वर्षदेखि एमबिबिएस पठाउने भएको छ । प्रतिष्ठानको २२औँ स्थापना दिवसका अवसरमा आयोजित विशेष समारोहमा प्रतिष्ठानका उपकुलपति प्राडा भूपेन्द्रबहादुर बस्नेतले आगामी आवदेखि एमबिबिएस कार्यक्रम सुरु गर्ने तयारी गरिएको जानकारी दिए ।

सय जना विद्यार्थीलाई एमबिबिएस पठाउने गरी तयारी गरिएको जानकारी दिँदै उनले भने- ‘हामीले एमबिबिएसका लागि पाठ्यक्रम पनि तयार बनाइसकेका छौँ । शिक्षक हामीसँग रहेका छन्, बेसिक साइन्स पठाउने भवन मात्र हामीलाई आवश्यक हो । त्यसको माग हामीले सरकारसमक्ष गरेका छौँ ।’ प्रतिष्ठानसँग एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच र नर्सिङ तथा अलाइड साइन्सका विभिन्न ६८ शैक्षिक कार्यक्रम रहेका छन् । डा. बस्नेतले पहिलो र दोस्रो ब्याचमा ५०/५० जनामात्र विद्यार्थी भर्ना गरिने बताए ।

प्रतिष्ठानको आफ्नै अस्पताल ‘वीर अस्पताल’ रहेकोमा यसको सेवासुविधा विस्तार गर्न सरकारबाट भक्तपुरको दुवाकोटमा पाँच सय ७० रोपनी जग्गा प्राप्त भएको छ । उक्त स्थानमा एक हजार पाँच सय शय्याको सुपर स्पेसियालिटी अस्पतालसहित मेडिकल कलेज, नर्सिङ कलेज तथा अन्य अलाइड हेल्थ साइन्सका कलेजहरूका साथै आवासगृह बनाउने योजनासहित गुरुयोजना तयार पारेको उपकुलपति डा. बस्नेतले बताए । उनका अनुसार पहिलो चरणमा पाँच सय शय्याको अस्पताल र मेडिकल कलेज बनाइने छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports