kumari
stcnepal

अस्पताल किन्ने नाममा नेपाली डाक्टर ठग्ने भारतीय पुर्पक्षमा

पोेखरा । पोखरास्थित मणिपाल शिक्षण अस्पताल किन्ने भनेर नेपाली डाक्टरलाई ठग्ने भारतीय मुलका मलेशियन नागरिक शिवम भिरुमथुलाई जिल्ला अदालत काठमाडौंले थुनामा राख्न आदेश गरेको छ ।

जिल्ला अदालत काठमाडौंको आदेशले उनलाई पुर्पक्षका लागी डिल्लीबजार कारागारमा थुनामा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताएका हुन् ।
काठमाडौंस्थित एक अस्पतालमा कार्यरत वरिष्ठ डाक्टरलाई भिरुमथुले ३० लाख ठगेको उजुर परेपछि महानगरीय अपराध महाशाखाले कार्तिक २३ मा उनलाई पक्राउ गरेको थियो ।

पशुपतिनाथका पुजारी मार्फत डाक्टर र भिरुमथुको बिचमा चिनजान भएको अनुसन्धानबाट थाहा भएको छ । मणिपालमा ती वरिष्ठ डाक्टरले ४० प्रतिशत र ६० प्रतिशत आफुले लगानी गर्ने भनेर भिरुमथुले कुरा अघि बढाएर ठगेका थिए ।

footer