सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काँग्रेसका केन्द्रीय सदस्यको उम्मेदवार २७ ले लिए उम्मेदवारी फिर्ता

585
shares

काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिको सदस्यका लागि उम्मेदवारी दिएकामध्ये हालसम्म २७ जनाले आज उम्मेदवारी फिर्ता लिएका छन् । हिजो (शनिबार )मनोनयनपत्र दर्ता गराएका उम्मेदवारमध्ये २७ जनाले निर्वाचन समितिको कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता लिने सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

केन्द्रीय सदस्य पदको उम्मेदवारी फिर्ता लिनेहरुमा जंगीलाल राय, संयजकुमार यादव, गोविन्दराज बोहरा, मीन विश्वकर्मा (दलित खुला), सीताराम महतो (मधेसी), जुनाकुमारी थानी (खसआर्य महिला), ध्रुवराज गुरुङ (जनजाति), दिपक अधिकारी (खसआर्य) छन् ।

यस्तै, भीमार्जुन आचार्य, इन्दिरा थापा, गणेशकुमार मण्डल (मधेसी), विना पौडेल (महिला), भक्तबहादुर बलायर (खुला), माया राना (जनजाति महिला), राजुराज जोशी, गोपीलाल विश्वकर्मा (दलित), मीनाकुमारी थापा (खुला महिला) ले पनि केन्द्रीय सदस्य पदबाट उम्मेदवारी फिर्ता लिएका छन् ।

केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता लिने अन्यमा विष्णु पौडेल (खस आर्य), अनु गुरुङ (जनजाति महिला), शकुन्तला शर्मा (महिला), महेककुमार कर्माचार्य (अल्पसंख्यक), सिंहबहादुर राना (जनजाति खुला), संगीता मण्डल, सीता पौडेल, कमलप्रसाद भुसाल, उमेशकुमार बस्नेत (खस आर्य)र माधवप्रसाद आचार्य छन् । निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय साढे १२ बजेसम्म तोकेको थियो । उनीहरुले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको हो ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports