विप्लव समूहले गर्यो सांसदको अपहरण
वि.सं.२०७५ फागुन २४ शुक्रवार १६:३१
shares

काठमाडौं- बझाङकी प्रदेश सांसद देवकी मल्ल थापालाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अपहरण गरेको छ।
समानुपातिकबाट सांसद बनेकी थापालाई शुक्रबार बिहान विप्लव समूहले कब्जामा लिएको बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए। उनलाई बागथला र देउराबीचको कोइराला खोलाबाट डेढ घन्टाअघि विप्लव समूहले लगेको प्रजिअ सुनारले नेपाल लाइभलाई बताए।
विप्लव समूहसँग कुरा भइरहेको र सो समूहले छाड्ने बताएको प्रजिअ सुनारले बताएका छन्।



































