सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रचण्ड भन्छन्- विप्लवलाई रोक्न दुई विकल्प अपनाइन्छ

507
shares

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अर्को कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्दको नेतृत्वको गतिविधिलाई नियन्त्रण गर्न दुईवटा विकल्प अपनाईने बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दे अध्यक्ष दाहालले त्यस्तो अभिव्यक्ति दिएका हुन् ।

नेत्रविक्रम चन्दको विप्लव समूहबाट उत्पन्न भएको समस्याको समाधान राजनीतिक र प्रशासनिक दुवै विकल्प अवलम्बन गर्न सकिने र राजनीतिक रुपले सहमतिमा ल्याउने प्रयास गरिने तर सहमतिमा नआएको खण्डमा प्रशासनिक कदम चाल्न बाध्य हुने उद्घोष गरेका छन् ।

अध्यक्ष दाहालका अनुसार ठुलो संघर्ष र बलिदानपछि नयाँ संविधान बनेको र वामपन्थीहरुकै सरकार रहेको बेला कसैले असफल र हस्तक्षेप गर्दछ भने त्यो अतिवाद बाहेक अन्य केही हुन सक्दैन पूर्व प्रधानमन्त्री समेत रहेका दाहालको भनाई रहेको थियो । वामपन्थी सरकारको विरोध गर्नु अतिवाद, वा दाहाल ज्यु !

तत्कालिन माओवादी र सरकारबीच भएको सहमति अनुसार माओवादी सेना समायोजन गर्न विभिन्न शिविरहरुमा माओवादीका सेना राखिएको थियो त्यसबेला माओवादीसँग रहेका हतियारहरु सरकारलाई बुझाउने सहमति भएअनुसार हतियार सरकारलाई बुझाइएको थियो । सेना समायोजनका बेला केही हतियारहरु खोलाले बगायो भन्ने अभिव्यक्ति दाहालले नै दिएका थिए ।

तर अहिले तिनै दाहालले सेना समायोजनका बेला केही हतियार चोरी भएका र तिनै हतियार विप्लवका नेता तथा कार्यकर्ताहरुले निकाल्न थालेको अभिव्यक्ति दिएका छन् । दाहालका अनुसार सेना समायोजनको तयारी हुँदै गर्दा क्यान्टोनमेन्टमा भएका केही हतियार चोरी भएको दाहालले अभिव्यक्ति दिएपछि त्यसबेला हतियार चोरी भएको विषय चर्चामा आएको थिएन र दाहाल स्वयम्ले पहिला त्यस्ता अभिव्यक्ति समेत दिएका थिएनन् बरु केही हतियार खोलाले बगायो भनेका थिए ।

मन्त्रीमण्डलको पुर्नगठनको विषय प्रधानमन्त्री भएको भन्दै अहिले मन्त्रीमण्डल पुर्नगठन हुनसक्ने सम्भावना नरहेको पत्रकारहरुलाई जानकारी दिँदै राष्ट्रिय जनता पार्टीसँग छलफल हुने बताउँदै उपेन्द्र यादवसँग भएको ३ बुँदे सहमतिमा आवश्यकता अनुसार संविधान संशोधन हुने कुरा उल्लेख भएकाले राजपासँग संविधान संशोधनकै बेला सहमति हुने बताएका छन् । तर संविधान कहिले संशोधन हुन्छ भनेर उनले प्रष्ट पार्न चाहेनन् ।

मुलुकमा स्थिरता नचाहने समूहलाई परास्त गर्दै सरकार अघि बढेको छ भन्दै मुलुकमा वाम गठबन्धन र पार्टीलाई एकता हुन नदिने शक्ति कुनै न कुनै हिसाबले सक्रिय रहेको आरोप दाहालको थियो । पत्रकारहरुसँगकै कुराकानीमा दाहालले मुलुकलाई विकास निर्माण र समृद्ध बनाउन सफल हुने सरकारका पछिल्लो निर्णय र कार्यले पुष्टि गरेको समेत उद्घोष गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports