kumari
stcnepal

बालबालिका लागि कोरोनाभाइरस विरुद्धको मोडर्ना खोप नेपाल आइपुग्यो

काठमाडौँ । नेपालमा कोरोनाभाइरस कोभिड–१९ विरुद्धको मोडर्ना खोप १९ लाख ६५ हजार ६०० मात्रा आइपुगेको छ । आज उक्त मात्रामा मोडर्ना खोप आएको व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडे बाबु थापाले जानकारी दिए ।

गाभी र कोभ्याक्स सुविधा अन्र्तगत नै शुक्रबार १४ लाख ९७ हजार ६ सय मात्रा मोडर्ना खोप आएको आइसकेको छ ।

यस्तै, नेपालमा शुक्रबार, बिहीबार र आइतबार अर्थात् आज गरी ३६ हजार ५१ हजार ४०० मात्रा मोडर्ना खोप आइसकेको उनले बताएका छन् । सरकारले पुस ४ गतेदेखि १२ देखि १८ वर्षसम्मका बालबालिकालाई खोप दिने तयारी गरेको छ ।

footer