सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आधीले धेरैको क्षति संयुक्त राज्य अमेरिकामा

442
shares

संयुक्त राज्य अमेरिकाका मध्य तथा दक्षिणी राज्यहरू आँधीले निकै ठूलो विनाश गरेका छन्।न्युयोर्क टाइम्सका अनुसार शुक्रबार राति आएका झन्डै २२ वटा आँधीका कारण अर्कान्सास, मिसिसिपी, इलिनोइस, केन्टकी, टेनेसी र मिसौरीलगायत राज्यहरूमा क्षति पुगेको छ। ती राज्यहरूमा कम्तीमा एक सयभन्दा बढी मानिसले ज्यान गुमाएको हुन सक्ने अनुमान गरिएको छ।

सबैभन्दा बढी प्रभावित केन्टकी राज्यका गभर्नर एन्डी बेशिरले आफ्नो राज्यमा ७० जना बढीको मृत्यु भइसकेको बताएका छन्।

सामान्यतस् आँधीहरू गर्मी सिजनमा आउँछन्। यसपालि डिसेम्बरमा यति ठूला आँधी आउनु अस्वभाविक भएको विज्ञहरूले बताएका छन्।

आँधीले पक्की घर भत्काइदिएका छन् भने गुडिरहेको रेलमा पनि क्षति पुर्‍याएका छन्। आँधी प्रभावित राज्यहरूमा बिजुली आपूर्ति अवरूद्ध भएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports