२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एकीकृत समाजवादीले संसद्को गतिरोध अन्त्यका लागि पहलकदमी लिने

754
shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले संसद्को गतिरोध अन्त्यका लागि पहलकदमी लिने भएको छ । बिहीबार बसेको सो पार्टीको ८२ औँ सचिवालय बैठकले संसद्को गतिरोध अन्त्यका निम्ति पहल कदमी लिने निर्णय गरेको हो ।

त्यसका लागि प्रतिपक्षी दल नेपाली कांग्रेस सहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृह मन्त्रीलगायत सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । त्यस्तै बैठकले दसौँ महाधिवेशनमा पेश हुने पार्टीका दस्तावेज जेठ १५ गते ७७ वटै जिल्लामा पठाउने निर्णय पनि गरेको छ ।

एकीकृत समाजवादीले १० औँ राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० सम्म काठमाडौँमा गर्ने यसअघि नै निर्णय गरिसकेको छ । यसैबिच महाधिवेशन तयारी समिति सचिवालयको प्रथम बैठक पनि बिहीबार नै बसेको छ । बैठकले खाद्य,आवास प्रचार, लगायत व्यवस्थापनका पक्षमा योजना निर्माणबारे छलफल गरेको छ । सचिवालयको अर्को बैठक जेठ १४ गते बस्ने सो पार्टीले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports