२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कार्यदलको बैठक निष्कर्षविहीन, भोलि बिहान ८ः३० बजे फेरि बस्ने

780
shares

काठमाडौँ । सहकारीको रकम हिनामिना र अपचलन सम्बन्धी गठन गर्ने भनिएको संसदीय छानबिन समितिका लागि कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्षविहीन भएको छ । बिहीबार सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको बैठकमा सहमति जुट्न नसकेपछि निष्कर्षविहीन भएको हो ।

बैठक शुक्रबार बिहान ८ः३० बजे फेरि बस्ने कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिए । शुक्रबार बिहान बस्ने बैठकमा सहमति गरेर ११ बजे संसद् बैठक खुलाउने प्रयास हुने उनले बताए । बैठकमा सत्ता पक्ष सहकारीको नाम राख्न सहमत भए पनि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा असहमति भएको बर्तौलाले बताए । कांग्रेस नेता जीवन परियारले सत्ता पक्षले नाम नराखी छानबिनको दायरालाई अगाडि बढाउन प्रस्ताव गरेको बताए । उनले सम्बन्धित व्यक्तिको बारेमा छानबिन गर्ने उल्लेख नगरी कांग्रेसले कार्यदलमा सहमति नगर्ने बताए ।

उनले कांग्रेसले आरोप लगाएको भनेर लेखै भनेर पनि आफूहरूले प्रस्ताव गरेको बताए । सम्बन्धी व्यक्तिको नाम नराख्ने भनेपछि आफूहरूको सहमति नरहेको उनले बताए । उनले कांग्रेसको अडान यथावत् रहेको बताए । उनले भने,‘समिति बैठकमा तत्कालीन गृहमन्त्रीले छानबिन हुन्छ भन्ने आश्वासन दिनुभएको थियो । राप्रपा सांसदलाई पक्राउ पुर्जी जारी भएको छ । उहाँ गृहमन्त्री हुनुभएपछि छानबिन हुन सक्दैन भनेर संसदीय छानबिन समिति बन्नुपर्छ भन्ने हो ।’ उनले बचतकर्ताले बचत फिर्ता पाउने भए कांग्रेस सहमतिका लागि तयार रहेको बताए ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कार्यदल सदस्य रहेका सांसद शिशिर खनालले व्यक्ति तोकेरै समितिको कार्यादेश बनाउन न्यायोचित नहुने बताए । उनले भने,‘व्यक्ति केन्द्रीय छानबिन समिति बनाउनु हुँदैन भन्ने सत्ता पक्षको भनाइ छ । कांग्रेसले आफ्नो अडान छोडेको छैन ।’ कार्यदलमा सरकारको तर्फबाट कानुनमन्त्री पदम गिरी र नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, नेता ज्ञानेन्द्र कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनाल रहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports