नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निजी मेडिकल कलेजमा पनि श्रावण १ गते देखी स्वास्थय विमा लागु हुने

897
shares

काठमाडौं । १० वटा निजी मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ । स्वास्थ्य बीमा बोर्डले १० वटा मेडिकल कलेज र २ वटा आँखा अस्पताललाई आगामी आर्थिक वर्षबाट लागू हुने गरी बीमा कार्यक्रम सञ्चालन स्वीकृति दिएको हो ।

बोर्डका अध्यक्ष डा. गुणराज लोहनीका अनुसार काठमाडौं उपत्यकाका चार र बाहिरका ६ वटा मेडिकल कलेज छन् । बीमा कार्यक्रममा सूचीकृत भएका अस्पतालहरूमा काठमाडौं मेडिकल कलेज टिचिङ हस्पिटल (केएमसी अस्पताल) सिनामंगल काठमाडौँ, मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल, सितापाइला, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल, जोरपाटी र किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल ग्वार्को छन् ।

यस्तै स्वास्थ्य बीमा कार्यक्रमका लागि सूचीकृत भएका उपत्यका बाहिरका मेडिकल कलेजहरूमा बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल झापा, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगर, विराट मेडिकल कलेज शिक्षण अस्पताल विराटनगर, चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुर, देवदह मेडिकल कलेज खैरनी रूपन्देही र नेपालगञ्ज मेडिकल कलेज बाँके रहेका छन् । विर्ताज्योति आइकेयर प्रालि, झापा र दृष्टि आई अस्पताल, पोखरामा पनि स्वास्थ्य बीमा लागू हुनेछ ।

‘बोर्डले पहिला नै सैद्धान्तिक निर्णय गरेको थियो, तर अहिले कागजपत्र पुगेपछि अहिले १ साउनबाट सेवा दिन सक्ने गरी सम्झौता गरेका हाैं,’ डा. लोहनीले भने ।निजी अस्पताल तथा मेडिकल कलेजमा बेथिति बढ्दै गएको गुनासो आएपछि बीमा बोर्डले पछिल्लो समय कार्यक्रम बन्द गरेको थियो । सरकारी अस्पतालले बीमा सेवा धान्न नसकेका अवस्थामा मात्रै वरपरका निजी अस्पताललाई समेट्ने रणनीति लिएको थियो । बोर्डका अनुसार हालसम्म ४७२ वटा सेवा प्रदाय स्वास्थ्य संस्थासँग बीमा कार्यक्रम सम्झौता भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports