सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चितवनमा आज एमसीसी विरुद्ध बन्दको आहन

455
shares

चितवन । अमेरिकी सहयोग परियोजना एमसिसीको विरोध गर्दै आह्वान गरिएको चितवन बन्दको असर चितवनका सहरी क्षेत्रमा परेको छ। एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले एमसीसी खारेजीको माग गर्दै आज चितवन बन्दको आह्वान गरेको हो।

बन्दका कारण शिक्षण संस्था संचालनमा आउन सकेका छैनन्। पसलहरू आंशिक खुलेका छन्। बन्दकर्ता सडकमा नरहेका कारण सवारी साधन भने चलेका छन्।

बन्द गर्दै हिँडेका देशभक्त गणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सदस्य घननाथ सापकोटालाई प्रहरीले बिहानै पक्राउ गरेको छ। पुल्चोकबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। १३ वटा राजनीतिक दलको समर्थनमा बन्द आह्वान गरिएको संघर्ष समितिले बताएको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports