सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राउतलाई राजद्रोहको मुद्दा लगाउन नेकपा सांसदको माग

468
shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका एक सांसदले पृथकतावादी नेता सीके राउतलाई राजद्रोहको मुद्दा लगाउन माग गरेका छन्। नेकपाका युवा नेता एवं गण्डकी प्रदेशका सांसद राजिव पहारीले पृथकतावादी नेता सीके राउत र उनका कार्यकर्तालाई राजद्रोहको मुद्दा लगाउन सरकारसँग माग गरेका हुन्।

हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको १३ औं दिनको पूण्य तिथीमा सोमवार अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीद्वारा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै सांसद पहारीले राउतले सहमति उल्लंघन गरेकाले उनलाई जेल हाल्न माग गरे।

सरकारसँग भएको सम्झौताको मसी सुक्न नपाउँदै राउतको उपस्थितीमा जनकपुरमा स्वतन्त्र मधेसको नारा लाग्नु राष्ट्रघाती र जनघाती काम भएको उनको भनाई छ।

‘विखण्डनकारी, विभाजनकारी, अलगवावादी सोच, मान्यता र गतिविधी गर्दै आएका सीके राउतले म नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमता मान्छु, शान्तिपूर्ण राजनीतिको मूलधारमा आउँछु भनेर सम्झौता गरे’, उनले भने, ‘तर, सम्झौताको मसी सुक्न नपाउँदै जनकपुरमा मधेस छुट्टै राष्ट्र हो भनेर, छुट्टै नक्सा बनाएर उनको उपस्थितीमा जुन नारा लगाउने काम भयो, त्यो राष्ट्रघाती, जनघाती काम हो।

उनले सहमति उल्लंघन गर्ने काम मात्रै गरेनन् राष्ट्रघाती, राष्ट्रद्रोही गतिविधि पनि गरे। तसर्थ उनीसहित उनका कार्यकर्ताहरु जे जति त्यसमा सहभागी छन्, उनीहरुलाई सरकारले तुरुन्त राजद्रोहको मुद्दा लगाउनुपर्छ।’

नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताभन्दा ठूलो कोही नभएको बताउँदै पहारीले नेपालको राष्ट्रियता कमजोर पार्ने छुट कसैलाई नभएको स्पटष्ट पारे। कार्यक्रममा सांसद पहारीले मन्त्री अधिकारी र पुराना वामपन्थी नेता भरतमोहन अधिकारीको योगदानको चर्चा गरेका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports