२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिके राउतसँगको सहमति खारेज गर्न विवेकशील साझाको माग

962
shares

काठमाडौं– विवेकशील साझा पार्टीले सरकार र सिके राउतबीच भएको सम्झौता खारेज गर्न माग गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै विवेकशील साझा पार्टीले सो सम्झौता खारेजको माग गरेको हो ।

मंगलबार पार्टी प्रवक्ता सूर्यराज आचार्यले एक विज्ञप्ति जारी गर्दै भनेका छन्– ‘सहमतिको लगत्तै सहमतिको ठाडै उल्लंघन गरेर राउत समूहले देखाएको रवैया र उनीसँग भएको सहमतिले सृजना गरेको व्यापक अन्यौलका कारण सो सहमति खारेज गर्न विवेकशील साझा पार्टी नेपाल सरकारसँग जोडदार माग गर्दछ।’

‘विखण्डनकारी, देशद्रोही र हिंसात्मक कुनै पनि समूहलाई राष्ट्रिय राजनीतिको मूलधारमा लेराउने सरकारको प्रयासको विवेकशील साझा पार्टी सधैँ स्वागत गर्दछु, विज्ञप्तिमा भनिएको छ, ुतर, राउतले सार्वभौम अखण्ड नेपालप्रति जनाएको प्रतिवद्धता केबल जेलबाट मुक्त हुन दिइएको चालवाजीपूर्ण धोकाको रूपमा प्रयोग हुनु अत्यन्तै निन्दनीय छ।’

आइतबार जनकपुरमा राउत समूहले गरेको गतिविधि नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय एकताको बर्खिलापमा भएको पनि सो पार्टीको धारणा छ।

‘विवेकशील साझा पार्टीले यसै हप्ता तराई(मधेसका विभिन्न स्थानमा ‘मधेस मन्थन’ का श्रृङ्खला सम्पन्न गरेको छ। सो सिलसिलामा तराई(मधेसका राजनीतिक अभियन्ता, बुद्धिजीवी, युवा, महिला, नागरिक समाजका अगुवा र सामाजिक कार्यकर्ताहरुले सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय एकताप्रति देखाएको अविचलित प्रतिवद्धताले सिके राउत समूहले तराई(मधेसको आम भावनालाई विल्कुलै प्रतिनिधित्व नगर्ने हाम्रो ठहर छु, विज्ञप्तिमा भनिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports