सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसी वोर्ड बैठकमा नेपाल बारे के निर्णय होला ?

520
shares

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बोर्ड अफ डाइरेक्टर्सको बैठक आज अमेरिकाको वार्सिङटन डिसीमा बस्दै छ।
एमिसीको वेवसाइटमा उल्लेख भएअनुसार आजको बैठकमा ६ वटा एजेन्डा छन् । तीमध्ये नेपालसँग भएको एमसिसी सम्झौता चार नम्बरमा रहेको छ । भिडिओ कन्फरेन्सबाट बैठक हुन लागेको एमसिसीले जनाएको छ । नेपालमा एमसिसी सम्झौता भएको चार वर्ष बितिसक्दा पनि संसदबाट अनुदमोदन हुन सकेको छैन । नेपालमा एमसीसी सम्झौताको व्यापक विरोध हुदै आएको छ ।
पछिल्लो केही समयदेखि नेपाली राजनीति एमसिसीले तरंगित छ । सत्तारूढ गठबन्धनका केही दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेभित्रको एउटा समूह एमसिसी अहिलेकै अवस्थामा पारित गर्न नहुने पक्षमा रहेको छ । उनीहरुले सम्झौतामा उल्लेख भएका केही बुँदाहरु संशोधन हुनुपर्ने वताईरहेका भएपनि एमसीसी मुख्य कार्यालयले सम्झौतामा उल्लेख भएका विषय संशोधन हुन नसक्ने प्रष्ठ पारिसकेको छ ।

एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले काठमाडौं आएका थिए। उनी गत भदौमा एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल आएकी थिइन्। नेपालमा रह दा उनले प्रधानमन्त्री सहित केही राजनितिक दलका नेताहरुसग समेत भेटेर एमसीसीका विषयमा प्रष्ठ पार्न आग्रह गरेकी थिईन् । आज बस्ने एमसिसीको बोर्ड बैठकले नेपालमा एमसिसीबारे के गर्ने भन्ने निर्णय गर्ने अनुमान गरिएको छ । आज देखि नै संघीय ससदको बैठक सुरु भएकोले ससदको बैठक चलुनजेल एमसीसीको बोर्ड बैठकले नेपालको वारेमा हेर र पर्खको अवस्थामा रहने निर्णय गर्न सक्ने आकलन यहाँ गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports