सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सभापतिको मतगणना १० बजेबाट, बाँकी पदको गणना बिहीबार हुने

624
shares

नेपाली कांग्रेसको १४ औं महाधिवेसन अन्तर्गत सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदान सकिएलगत्तै मतगणना हुने भएको छ।आज दिउँसो साढे ३ बजेदेखि सुरू भएको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ।

मतदान सकिएपछि राति १० बजेबाट मतगणना सुरू हुने महाधिवेशन प्रचार विभागका उपप्रमुख सुरेश आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार आज १० बजेदेखि ३–४ घन्टामा सभापतिको मतगणना सकिने छ। आज मतगणना सकिएपछि भोलि बुधबार आराम गरेर बिहिबारदेखि अन्य पदको मतगणना हुने आचार्यले जानकारी दिनुभयो।

काठमाडौंको राष्ट्रिय सभागृहमा भइरहेको सभापतिको दोस्रो चरणको मतदानमा हालसम्म २५ सय मत खसिसकेको छ। कांग्रेसमा सोमबार भएको पहिलो चरणका मतदानमा सभापतिका उम्मेदवार कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports