विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उच्च गर्मीका कारण बाँकेमा २ जनाको निधन

1.11K
shares

नेपालगन्ज । उच्च गर्मीका कारण बाँकेमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खजुरा गाउँपालिकाका सुन व्यवसायी टोपेन्द्र सुनार हुनुहुन्छ । उहाँ गर्मीका कारण बेहोस भएर ढल्नुभएको थियो । खजुरा बजारमा मेट्रो ज्वेलर्स सञ्चालन गर्दै आउनुभएका सुनार शुक्रवार मोटरसाइकलमा घरबाट पसलतर्फ आइरहनुभएको बेला गर्मीले चक्कर लागेपछि मोटरसाइकल रोकेर सडक किनारमा बस्दा बेहोस हुनुभएको थियो ।

खजुराको धनौलीमा बेहोस हुनुभएका सुनारलाई स्थानीय र प्रहरीले उद्धार गरी अस्पताल पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको बताएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।यसैगरी नेपालगन्जस्थित नीलसागर आश्रममा बस्दै आउनुभएका १०४ वर्षका कैलाश गिरीको अत्यधिक गर्मीका कारण मृत्यु भएको आश्रमकी सञ्चालक सरिता खनालले जानकारी दिनुभयो । गिरीलाई उपचारका लागि भेरी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको खनालले बताउनुभयो ।

नीलसागर आश्रम नेपालगन्जमा २१६ जना वृद्धवृद्धा र ७५ जना बालबालिका गरेर २९६ जनाले आश्रममा आश्रय लिइरहेको जानकारी उहाँले गराउनुभयो । पछिल्लो केही दिनयता बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा अत्यधिक गर्मी बढेको छ । बाँकेको तापमान ४४ डिग्रीभन्दा माथि पुगेपछि गर्मीका कारण सयौं मानिस बिरामी परेका छन् । अत्यधिक गर्मी बढेकै कारण यहाँको जनजीवन अस्तव्यस्त बनेको छ भने सर्वसाधारणले दिनरात कटाउन नै धौधौ भएको जनाएका छन् । अत्यधिक गर्मीका कारण मानिसहरु बेहोस हुने, झाडा पखाला र वान्ता हुने, टाउको दुख्ने तथा छाला चिलाउनेदेखि ज्वरो आउने क्रम बढ्दै गएको चिकित्सकले नै बताएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports