विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसद् भवनमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या

676
shares

काठमाडौँ । संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् । उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

दोलखा मेलुङ गाउँपालिका-४ घर प्रहरी जवान २२ वर्षीय अजित गोले आफैँले बोकेको हतियारले टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । ‘गोलेले बुधबार बिहान करिब ८ बजेको समयमा संसद् भवनको पश्चिम पट्टिको २ नम्बर गेटको बाँयापटी रहेको शौचालयमा गएको बेला आफूले बोकेको ईन्सास राईफलद्वारा निधारमा फायर गरेका थिए । यसबारे थप अनुसन्धान भइरहेको छ,’ प्रहरीले बताएको छ ।

उनी प्रहरी विशेष कार्यदलबाट संसद् भवनको सुरक्षार्थ खटिएका थिए । प्रारम्भिक अनुसन्धानमा उनी पारिवारिक समस्या रहेको पाइएको प्रहरीको भनाई छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports